१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको अन्तिम टी–२० अभ्यास खेल आज

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्ससँगको अन्तिम टी–२० अभ्यास खेल आज खेल्दै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ यसअघिका दुबै खेलमा आयरल्याण्ड वुल्भ्ससँग पराजित भएर सिरिज गुमाइसकेको छ।

पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।

टी–२० खेलपछि नेपाली टोलीले आयरल्यान्ड वुल्भ्ससँग ३ एकदिवसीय खेल खेल्ने छ।

प्रकाशित: १९ चैत्र २०८० ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App