२ असार २०८१ आइतबार
image/svg+xml
खेल

टस हारेर नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।

अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग  गर्न निम्तो दिएको हो। यसअघि आफ्नो पहिलो खेल खेलेको नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाबमा छ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा नेपालका लागि जित आवश्यक छ। यदि आजको खेलमा नेपाल पराजित भए औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ।

हालसम्म २ खेल खेलेको नेपाल दुबैमा पराजित भएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App