काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहले सावित्रा भण्डारी (साम्बा) लाई बधाई दिएका छन्।
नेपाली फुटबल टिमकी फरवार्ड साम्बालाई मेयर शाहले सामाजीक सञ्जालमार्फत् बधाई दिएका हुन्।
उनले साम्बा नेपाली एथलेट क्षेत्रको उत्कृष्ट खेलाडी रहेकी बताएका छन्।
उनले लेखेका छन्, ‘नेपालका एक महान खेलाडीको लागि प्रशंसा पत्र !!! साम्बा’
पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत बिहीवार भएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५–० को सहज जित हात पारेको थियो। खेलमा इराकविरुद्ध नेपालकी फरवार्ड साम्बा एकलैले ५ गोल गरिन्।
प्रकाशित: ११ फाल्गुन २०८० ११:३५ शुक्रबार





