१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

दोस्रो अभ्यास खेलमा क्यानडा–११ को राम्रो सुरुआत, नेपाल फिल्डिङ्गमा

एकदिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल–ए ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।

सन्दिप जोराको कप्तानमा रहेको नेपाल–ए ले हालसम्म कुनै विकेट हात पार्न सकेको छैन।

हालसम्मको अवस्थामा क्यानडा–११ ले निर्धारित ५० मध्य ५ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा २५ रन बनाएको छ।

क्यानडा–११ का लागि हाल मैदानमा श्रीमान्थ विजय र एरोन जोनसन खेलिरहेका छन्।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल–ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो। 

प्रकाशित: ८ फाल्गुन २०८० ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App