४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी महिला प्रिमियर लिगः सेमीफाइनलमा पुग्न नेपाललाई ७४ रनको लक्ष्य

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटको सेमीफाइनलमा पुग्न नेपालले ७४ रनको लक्ष्य पाएको छ।  

आज जारी क्वार्टरफाइनल खेलमा कुवेतका ९ विकेट लिएर ७३ रनमा रोकेपछि नेपाली टोलीले सामान्य लक्ष्य पाएको हो।

कुवेतलाई सानो स्कोरमा रोक्न नेपाली बलरहरू सीता मगरले ३ विकेट, कबिता कुँवर र रुबिना क्षेत्रीले २/२ विकेट लिइन्। कुवेतकी दुई ब्याटर रनआउट भइन्।

कुवेतका तर्फबाट प्रियदा मुरलीले २९, बालबासुब्रमणि शान्तिले १३ र खादिजा खलीलले १३ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकिनन्।

अब नेपाली महिला टोलीले निर्धारित २० ओभरमा यो लक्ष्य भेट्टाए सेमीफाइनलको यात्रा तय गर्नेछ।

प्रकाशित: २ फाल्गुन २०८० १३:०६ बुधबार

एसिसी महिला प्रिमियर लिग