१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टिममा आकाश चन्दको डेब्यु

भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।

क्यानडाविरुद्ध जारी द्विपक्षीय सिरिजअन्तर्गत आजको खेलमा उनले खेल्ने मौका पाएका हुन्।

आज नेपालले बिहीबार खेलेको टिममा तीन परिवर्तन गरेको छ।

ओपनर कुशल भुर्तेल, मध्यक्रमका ब्याटर आरिफ शेख र स्पिन बलर ललित राजवंशीलाई आराम दिँदा आकाशसँगै अनिल शाह र देव खनालले मौका पाएका छन्।

प्रकाशित: २७ माघ २०८० ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App