काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।
क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २१ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले ४० रन, दिपेन्द्र ऐरीले २३ र दिलिप नाथले २ रन बनाए।
प्रकाशित: २० फाल्गुन २०७४ १३:०३ आइतबार