२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

दमक – मोफसलकै सर्वाधिक पुरसकार राशिको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) नेपाल पुलिस क्लब र रूपन्देही ११ आमने सामने हुँदैछनन्। खेल बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा दिउँसो २ः४५ मा सुरू हुँनेछ।

नेपाल पुलिसले यो वर्ष ३ वटा नकआउट फुटबलको उपाधि उचालिसकेको छ भने रूपन्देहीले उपाधिविहीन छ।

शनिबार बाट सुरू भएको खेलमा घरेलु मैदानको फाइदा उठाउँदै सुदूरपश्चिम ११ लाई  ५–० को फराकिलो अन्तरले पराजित गर्दै आयोजक झापा ११ ले बिजयी सुरूवात गरेको छ। विपक्षी टोलीलाई सुरुदेखि दबाबमा राखेको झापाले खेलमा सहज जित हात पारेको हो। खेलको छैटाैं मिनेटमा झापा ११ का देवेन्द्र तामाङले गोलको खाता खोलेका थिए। विशाल राईको प्रहार पोस्टमा लागेर फर्केपछि त्यही बललाई उनले गोलमा परिणत गरेका थिए। १४औँ मिनेटमा झापाका विश्वास श्रेष्ठको प्रहार सुदूरपश्चिमका खेलाडी विष्णु चौधरीको  खुट्टामा ठोक्किएर आत्मघाती गोल हुन पुग्यो।

झापा ११ का स्ट्राइकर कर्ण लिम्बुले ३०आैं मिनेटमा फ्री किक पासलाई हेड गर्दै गोलमा परिणत गरे। विश्वास श्रेष्ठको पासलाई उनले हेडमार्फत गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा झापाका भूषण सुब्बाको पासलाई खमिरगिल्सन कन्दङ्वाले गोलमा परिणत गरेका थिए। खेलको ५२औँ मिनेटमा योगेश गुरुङले मिलाइदिएको पासमा झापाका स्ट्राइकर कर्ण लिम्बुले  व्यक्तिगत दोस्रो गोल गर्न भ्याए।

झापाका धेरै प्रहार सुदूरपश्चिमका गोलरक्षकले विफल पारेका थिए। १३औँ मिनेटमा विश्वास श्रेष्ठले डी एरिया नजिकबाट गरेको फ्रिकिक  प्रहार सुदूरपश्चिमका गोलरक्षक जीवन भट्टराईले गोल हुनबाट जोगाए। यस्तै २२औँ मिनेटमा खमिरगिल्सन कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाए। खेलको ३७औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले मिलाइदिएको क्रस पासलाई स्ट्राइकर कर्ण लिम्बुले सदुपयोग गर्न सकेनन्।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ। आइतबारको खेल नेपाल पुलिस क्लब र रूपन्देही ११ बीच हुनेछ। शनिबारको उद्घाटन खेलमा झापाका स्टइकर कर्ण लिम्बु म्यान अफ दी म्याच घोषित भए। उनले नगद २५ हजार प्राप्त गरे।बिर्तामोडको डोमलाल रंगशालामा प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरका थिए।

सो अवसरमा मुख्यमन्त्री  राईले प्रदेश १ मा खेलकुदको प्रशस्त सम्भावना रहेको बताए।  खेलक्षेत्रलाई राजनीतिबाट मुक्त बनाएर खेलाडीलाई क्षमता विकासमा लगाउने योजना उनले सुनाए। मुख्यमन्त्री राईले प्रदेशमा नयाँ प्रतिभावान् खेलाडी उत्पादनका लागि खेलकुद महाविद्यालय बनाउने योजना बताए।

‘युवालाई खेल क्षेत्रमा आकर्षित गर्नका लागि खेलक्षेत्रको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पूर्वाधार र खेलाडीको वृत्तिविकासमा लाग्नेछौं।’ त्यस अवसरमा खेलाडीहरूलाई सम्मान गरिएको थियो।

गतवर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले जितेको थियो।

 

प्रकाशित: २० फाल्गुन २०७४ ०५:११ आइतबार

झापा गोल्डकप नेपाल पुलिस रूपन्देही ११ भिड्दै