२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सन्दिपको उत्कृष्ट प्रदर्शनको दिल्लीले ग-यो तारिफ

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ।

नामिबियामा आज सञ्चालन भइरहेको खेलमा लेग स्पिनर लामिछानेले शानदार प्रदर्शन गरेको भन्दै टिम गौरवाम्वित भएको दिल्ली डेयर डेभिल्सले आफ्नो ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ।

आइसीसी वर्ल्डकप डिभिजन २ अन्तर्गतको खेलमा नामिबियाले १३८ रन बनाउँदा नेपालले ३४ ओभरमै अलआउट गरेको थियो। नामिबियालाई सस्तैमा समेट्न सन्दिपले सर्वाधिक ४ विकेट लिएका थिए। 

दिल्लीले ट्वीट गरेको छ– ‘नेपालको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा पहिलो खेल, सन्दिपले नामिबियालाई १३८ मा रोक्न शानदार प्रदर्शन गरे।’

आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दिपलाई दिल्लीले यस सिजनको खेलका लागि ३२ लाख रुपैयाँमा खरिद गरेको छ। 

प्रकाशित: २५ माघ २०७४ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App