१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेट खेलाडीलाई छात्रवृत्ति

काठमाडौं – मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गत रहेको क्रिकेट विभागले मंगलबार खेलाडीलाई छात्रवृत्ति तथा खेलसामग्री प्रदान गरेको छ ।

विभागले सुशील कोइराला मेमोरियल फाउन्डेससँगको सहकार्यमा गत माघ ५ र ६ गते आयोजना गरेको क्रिकेट कार्निभलअन्र्तगत भएको ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीलाई प्रशिक्षण छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरेको हो ।

ट्यालेन्ट हन्टबाट कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृष्मा गुरुङ, अशोक पौडेल, खुसी डंगोल, अफजल अली, अनुरोध पन्त, रामसुरत यादव र रौनक पराजुली छनोट भएका थिए ।
खेलाडीलाई एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला, क्रिकेट विभाग अध्यक्ष सुदीप शर्मालगायतले छात्रवृत्ति तथा खेलसामग्री प्रदान गरे । खेलसामग्रीको प्रायोजन सुशील कोइराला फाउन्डेसनले गरेको थियो ।

छात्रवृत्ति पाएका खेलाडीले मदन भण्डारी क्रिकेट एकेडेमी शान्तिनगर, वाईवाई जिएससिए सिनामंगल, लाइसेन्स क्रिकेट एकेडेमी पेप्सीकोला र बालुवाटार क्रिकेट एकेडेमी बालुवाटारमा १ वर्षसम्म निःशुल्क प्रशिक्षण गर्न पाउनेछन् । विभागले अजय देव, रूपेन्द्र श्रेष्ठ, प्रतिका दाहाललाई पनि एक वर्ष निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको अध्यक्ष शर्माले जानकारी दिए ।
 
 

प्रकाशित: २४ माघ २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App