६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एनआइसी र बोर्नलाई सफलता

एनआइसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्री क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एनआइसी ‘बी’ ले ग्रिनल्यान्डलाई ५-० तथा बोन स्काइलार्कले कौशल इङ्लिस बोर्डिङ स्कुल (केब्स) लाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गरे। एनआइसी ‘बी’ का अनिश जोशी तथा बोन स्काइलार्कका सिसाङ श्रेष्ठ म्यान अफ दी म्याच भए।

चावहिल गणेशथान मैदानमा पशुपति मित्रले मनाङ चिल्ड्रेन प्याराडाइसलाई २-१, छहारीले एआइसी ‘ए’ लाई २-०, सांग्रिलाले इन्साइट भिजनलाई ४-० र न्यु एराले नोब्सलाई २-० गोलले हराउँदै प्री क्वार्टरफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: १४ पुस २०८० ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App