२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

यसअघि पुष ८ मा अन्तिम सुनुवाइ हुने भनिएपनि स्थगित भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।

जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दाको अन्तिम सुनुवाई आज हुन लागेको हो।

बलात्कार आरोप लागेका लामिछानेको विषयमा सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिएपनि हालसम्म लामिछानेविरुद्धको मुद्दामा फैसला हुन सकेको छैन।  

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ) लाई जबरजस्ती करणी गरेको आरोप छ। उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन।

प्रकाशित: ११ पुस २०८० ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App