५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पुष २६ गतेबाट शहीद हेमन्त प्रधान स्मृति प्रदेश स्तरीय भलिवल प्रतियोगिता

शहीद हेमन्त प्रधानको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना हुने भएकाे छ। नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हाे।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पुष २६ गतेबाट प्रतियोगिता सुरु हुँदै छ।प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन्।

सशस्त्र द्वन्द्वकाे समयमा २०५८ साल पुस २९ गते घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगरी दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने काँग्रेस प्रदेश क सभापति  शुक्रराज तामाङले जानकारी दिए। 

प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथम पुरस्कार नगद रु २ लाख, द्वितीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रकाशित: २७ मंसिर २०८० १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App