सुनसरी – मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुदैछ।
सुनसरीको इटहरीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो २ बजे थ्री स्टार क्लव र एपिएफ क्लवबीच प्रतिस्पर्धा हुदैछ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ टोली जस्तै आयोजक राष्ट्रिय जागृति क्लव, मनाङ मस्याङ्दी, त्रिभुवन आर्मी, थ्री स्टार, एपिएफ, झापा ११, गरिफा स्पोर्टिङ क्लव कोलकत्ता र भुटानको डुक युनाइटेडको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ। माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: ६ माघ २०७४ ०४:२६ शनिबार