५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघ बेलकोटगढी शाखाको आयोजनामा सुरु भएको प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता मंसिर २३ गते शनिबार सम्पन्न भएको छ।

बाग्मती प्रदेशका ११ जिल्लाका महिला र पुरुष गरी जम्मा ९९ खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा १० तौलसमूहमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा पुरुष २५ केजीमुनि तौल समूहमा अरूण लामा (काठमाडौं) प्रथम, अभिषेक बस्नेत (काठमाडौं) द्वितीय, विवेक जैसी (भक्तपुर) तृतीय र विकास लामा (नुवाकोट) चतुर्थ भए। ३० केजीमुनि तौलसमूहमा सायन भुजेल (काठमाडौं) प्रथम धीरज लामा (काभ्रे) द्वितीय, करण घिसिङ (काभ्रे) तृतीय र रेजन लामा (रसुवा) चतुर्थ भए।

पुरूष ३५ केजीमुनि तौलसमूहमा प्रवीण श्रेष्ठ (काठमाडौं) प्रथम, जितेन राजवंशी (काठमाडौं) द्वितीय, अविरल तामाङ (रसुवा) तृतीय र बादल चौधरी (चितवन) चतुर्थ भए।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, पन्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेसमान लामा र श्री पञ्चकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर लामा लगायतले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए। 

प्रकाशित: २५ मंसिर २०८० ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App