२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु

कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ। कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो।  

एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोचिङ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन्। एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कोचिङ कोर्ष अन्यौलमा परेको थियो। केही दिन अघि मात्रै हेटौडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोचिङ कोर्ष आयोजना गर्ने जिम्मेवारी कास्की जिल्ला फुटबल संघलाई दिइएको हो।  

कास्की जिल्ला फुटबल संघले अधिवेशवन अघि नै सी लाईसेन्स कोचिङ कोर्षको लागि मागसहित निवेदन पेश गरेको थियो एन्फालाई आर्थिक भार नपर्ने गरी कोर्षको कार्यक्रम गर्न स्वीकृति दिएको हो। कोर्षमा २४ जनाले सहभागिता रहेको छ। राष्ट्रिय खेलाडी, डी  लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले) सहभागिता जनाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए।

सबै खेलाडी तथा कम्युनिटी कोर्ष गरेकाहरुले पाउने उनको भनाई थियो। कोचिङ कोर्षमा खास गरी गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकता दिईने उनले सुनाए। कोर्ष एकहप्ताको हुने छ। प्राविधिक रुपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान रहेको छ। पास भएकाहरुले मात्रै लाईसेन्स पाउने उनले बताए। कोर्ष दुईचरणमा हुने छ। दोस्रो चरणको कोर्ष भने पाँचदिनको हुने छ।  

प्रशिक्षक हरि खड्का तथा सन्जीव सिंहले प्रशिक्षण गराउने छन। सहभागिहरुको पोखरा रंगशाला फुटबल मैदानमा प्राक्टिकल समेत हुने छ। कोचिङ कोर्षको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उदघाटन गरेका थिए। 

प्रकाशित: २० मंसिर २०८० ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App