२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ। दुबै टोलीबीचको खेल साँझ ५ः३० बजे दशरथ रङ्गशालमा सुरु हुनेछ।

दुबै टिमले आफ्नो तेस्रो खेल खेल्न लागेको हो। आजको खेलमा नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले आफ्नो दोस्रो खेलमा झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो।

इलाम दुई खेलबाट ३ अङ्क जोडेर तालिकाको छैटौं स्थानमा छ भने लगातार दुई खेलमा पराजित भएको बुटवल लुम्बिनी अङ्कविहीन हुँदै पुछारमा छ।

प्रकाशित: १७ मंसिर २०८० ०३:०६ आइतबार

नेपाल सुपर लिग स्पोर्टिङ इलाम एफसी एफसी बुटवल लुम्बिनी