१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)मा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा १०९ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवा ग्लाडियटर्सले १७.४ ओभरमा ३ विकेट गुमाई लक्ष्य पुरा गर्‍यो । भैरहवाका लागि कप्तान शरद भेषावकर र आरिफ शेखले उत्कृष्ठ पारी खेल्दै टोलीलाई सहज जित दिलाए।  

आरिफ शेखले नटआउट ४८ र कप्तान शरदले ३२ रनको गोगदान दिए । सुरुवातका ब्याट्सम्यान सस्तैमा आउट भएपनि २ जनाको जोडीले राम्रो प्रदर्शन गरेका थिए । भैरहवाका लागि प्रथम सालुन्खेले पनि २५ रनको योगदान दिए । पोखराका लागि ताज वलीले २ तथा कप्तान शक्ति गाैचनले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखरा राइनोज  १८.३ ओभरमा १०८ रनमै अलआउट भयो । पोखराका लागि इसरुल्लाहले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सुनिल धमलाले १५, आसिफ अलिले १० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन।

पोखरा राइनोजलाई १०८ रनमा समेट्न भैरहवाका ग्लाडियटर्सका लागि शरद भेषवाकर, कृष्ण कार्की र दिपेश श्रेष्ठले २/२ तथा प्रथम सालुन्खे, आरिफ शेख, हरीशंकर शाह र पुनित मिश्रले १/१ विकेट लिए।

प्रकाशित: १० पुस २०७४ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App