४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन विजयी

काठमाडौं- एभरेष्ट प्रिमियर लिगमा शनिबारको दोस्रो खेलमा चितवन टाइगर्स ५ विकेटले विजयी भएको छ। उसले ललितपुरले दिएको १३१ रनको लक्ष्य ४ बल अगावै पूरा गर्‍यो।

चितवनका लागि प्रविन गुप्ता र दिपेन्द्र सिंह ऐरीले अर्धसतक प्रहार गरे। गुप्ताले अविजित ५६ रन बनाए भने कप्तान ऐरीले ५५ रन बनाए। यी दुई खेलाडीबाहे चितवका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धरित ओभरको खेलमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो। ललितपुरका लागि जयकिशले सर्वाधिक ३१, शंकर राना २७ र सुबोध भाटीले २३ रन बनाए।

प्रकाशित: ८ पुस २०७४ ११:२७ शनिबार

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन