९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

भैरहवाविरूद्ध ब्याटिङ गर्दै विराटनरका खेलाडी । तस्बिर : प्रबिन काेइराला

काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो। 

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रन बनाए । उनले ५० बलमा ८ चौकाको मद्दतमा ५७ रन बनाए। त्यस्तै बाबर हायतले ३५ बलमा २ चौका र १ छक्काको मद्दतमा ३६,  कप्तान पारस खड्काले १५, प्रनित थापामगरले १४ रन बनाए। 

कुनै समय उत्कृष्ट प्रर्दशन गरेपनि पछिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि विराटनगर १४९ रनमा समेटिन पुगेको थियो । विराटनगरलाई १४९ रनमा समेटन भैरहवाका लागि हरिशंकर शाहले ३, आरिफ शेखले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए। 

१५० रनको विजयी लक्ष्यसहित भैरहवा ग्लाडिएटर्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा भैरहवाले अहिले ४ ओभरमा २ विकेट गुमाइ ३७ रन बनाएर खेलीरहेको छ।   

 

प्रकाशित: ८ पुस २०७४ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App