१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्यान्ड विशाल योगफलतर्फ

वेलिङ्टन–  अलराउन्डर कोलिन डी ग्रान्डहोमले ७१ बलमा शतक पूरा गरेपछि न्युजिल्यान्ड शनिबार वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफलतिर लम्किएको छ।

टेस्ट क्रिकेटमा ग्रान्डहोमको यो पहिलो शतक हो । ७४ बल खेलेका ग्रान्डहोमले ११ चौका र ३ छक्काको मद्दतमा १ सय ५ रनको योगदान दिए । उनले सातांै विकेटका लागि ब्लुनडेलसँग १ सय ४८ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए।

दोस्रो दिनको खेल समाप्तिमा न्युजिल्यान्ड ४४७–८ मा खेलिरहेको छ र टोलीले ३ सय ३३ रनको अग्रता लिएको छ । विकेटकिपर ब्याट्सम्यान टम ब्लुनडेल  अविजित ५७ र ट्रेन्ट बोल्ट अविजित २ रनमा खेलिरहेका छन् । १ सय बल खेलेका ब्लुनडेलले ६ चौका प्रहार गरे।

यसअघि ८५–२ बाट दोस्रो दिनको खेल सुरु गरेको न्युजिल्यान्डका  रोस टेलरले चौथो विकेटका लागि हेनरिक निकोल्ससँग १ सय २७ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । १ सय ६० बल खेलेका टेलरले १० चौकाको मद्दतमा ९३ र १ सय ५६ बल खेलेका निकोल्सले ८ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।

त्यस्तै जित रावलले अविजित ४२ रन जोडे । १ सय २५ बल खेलेका रावलले ५ चौका प्रहार गरे।
वेस्ट इन्डिजका किमार रोजले ३, रोस्टन चेस र मिग्वेल कमिङ्सले समान २÷२ तथा जेसन होल्डर र सानोन ग्याब्रियलले समान १÷१ विकेट लिए ।

प्रकाशित: १७ मंसिर २०७४ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App