आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध मलेसियाले टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा १:१५ बजे सुरु हुने यो खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिला फिल्डीङको निम्तो दिएको छ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि सोमवार भएको खेलमा सिङ्गापुरलाई ८ विकेटले हराएको थियो।
समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।
प्रकाशित: १४ कार्तिक २०८० ०७:२९ मंगलबार