२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

अफगानिस्तान च्याम्पियन

काठमाडौं- अफगानिस्तान एसीसी यु–१९ एसिया कप क्रिकेट च्याम्पियन बनेको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्यो ।
अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । सानदार प्रदर्शन गर्ने क्रममा अफगानिस्तानले विश्व क्रिकेटको शक्तिशाली देशको रूपमा चिनिएको पाकिस्तानलाई स्तब्ध बनायो । प्रतियोगिताको पहिलो संस्करणमा भारत र पाकिस्तान संयुक्त रूपमा विजेता बनेका थिए । त्यसपछिका दुई संस्करणमा भारत च्याम्पियन बनेको थियो । तर प्रतियोगिताको समूहचरणमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
आइतबार किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ४८ रन जोडेको थियो । जबाफमा पाकिस्तानलाई अफगानिस्तानले २२.१ ओभरमा ६३ रनमा अलआउट गरेको थियो । अफगानिस्तानको जितमा इकराम अली खाइलले १ सय ७ रन जोडेको थिए । आर गुरबाजले ४० र आइ जादरानले ३६ रन बनाए ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App