२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ट्रेल रेसमा देवराज र प्रिया विजयी

पहिलो अन्तर्राष्ट्रिय ट्रेल रेसमा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत विजेता बन्दा महिलातर्फ खोटाङकी प्रिया राई विजयी भएकी छिन् । नेपाल रन युके र धरान समूहले संयुक्त रूपमा आयोजना गरेको २१ किलोमिटरको दूरी १ घण्टा ३२ मिनेट २५ सेकेन्डमा पूरा गर्दै देवराज बस्नेत पुरुषतर्फ प्रथम हुँदा आर्मीकै गोविन्द कार्कीले १ घण्टा ३४ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ताप्लेजुङका रमेश लिम्बुले १ घण्टा ३४ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए ।  

महिलातर्फ प्रथम भएकी प्रियाले निर्धारित दूरी २ घण्टा २ मिनेटमा पूरा गरिन् । यस्तै, दोस्रो भएकी भोजपुर (हाल धरान) की कल्पना राईले २ घण्टा ८ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दा तेस्रो भएकी भोजपुरकी जुलिना राईले २ घण्टा १२ मिनेट २९ सेकेन्डमा दौड पूरा गरिन् । रेसका पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसँगै मेडल, प्रमाणपत्र प्रदान गरियो । यस्तै, भेट्रानतर्फको पुरुषमा मंगल तामाङ र महिलातर्फ जमुना लिम्बु प्रथम भए । दुवैले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र पाए । विजेतालाई आयोजक धरान रनका अध्यक्ष रमु राई, प्रमुख अतिथि एवं मेयर हर्क साम्पाङ, नेपाल प्रहरीका एसपी भीम दाहाललगायत अतिथिले पुरस्कार वितरण गरेका थिए । धरान १३ स्थित सर्दु पुलबाट सुरु भएको रेस वडा नं २० को चिन्डे डाँडा हुँदै भन्ज्याङ, ब्रिटिस गोर्खा मेमोरियल पार्क पुगेर पुनः सर्दु पुलमा आएर समापन भएको थियो । रेसमा नेपालका विभिन्न जिल्ला, भारतको दार्जिलिङ र जर्मनीका नागरिक गरी कुल १५० जना सहभागी थिए ।

प्रकाशित: २८ आश्विन २०८० ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App