जेनेभा, स्वीट्जरल्याण्ड – रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् ।
हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’
प्रकाशित: ३ कार्तिक २०७४ १२:३४ शुक्रबार