१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

यू–१९ नेपाल भर्सेस भारत: पहिलो हाफमा भारत १-० ले अगाडि

साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतीयबिच खेल भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १-० को अग्रता बनाएको छ।

खेलको २६ औँ मिनेटमा भारतीयले साहिल खुर्सिदको माध्यमबाट अग्रता लियो। त्यसैपछि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन्।

यसअघि भुटानलाई पराजित पाकिस्तान यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। नेपाल र भारतबीचको विजेता टोलीसँग पाकिस्तानले फाइनल खल्नेछ।

प्रकाशित: १० आश्विन २०८० १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App