५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङमा बक्समान्डु र अल्फा च्याम्पियन

बक्समान्डु र अल्फा बक्सिङ क्लब पहिलो ‘युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिप’ मा च्याम्पियन भएका छन्।

नेपाल बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगितामा बक्समान्डु युथतर्फ चार स्वर्ण, एक कांस्यसहित पाँच पदक जित्दै च्याम्पियन भएको हो। दुई स्वर्ण, एक रजत र एक कांस्य गरी कुल चार पदक जित्दै एचटुओ बक्सिङ क्लब दोस्रो भयो। एक स्वर्ण, एक रजत र एक कांस्य गरी कुल तीन पदक जित्दै कास्कीको भूपू बक्सिङ क्लब तेस्रो स्थानमा रह्यो। युथमा पुरुषतर्फ देशभरका १५ क्लबका बक्सरले प्रतिस्पर्धा गरेका थिए।

पुरुष जुनियरतर्फ दाङको अल्फा बक्सिङ क्लब टिम च्याम्पियन बन्यो। अल्फाले ३ स्वर्ण, एक रजत, दुई कांस्य गरी कुल ६ पदक जित्यो। स्विट साइन्स बक्सिङ क्लबले दुई स्वर्ण, एक रजत जित्दै दोस्रो स्थान ओगट्यो। दुई स्वर्ण जित्दै आर्यन फिटनेस क्लब तेस्रो स्थानमा रह्यो। पुरुष जुनियरतर्फ देशभरकै १६ वटा टोलीले चुनौती प्रस्तुत गरेका थिए। सोमबार भएको युथ पुरुषतर्फ ४८ किलो तौलसमूहमा अल्फाका गिर्वान केसीलाई ५–० अंकको आधार हराउँदै एचटुओका अप्रिल रानाले स्वर्ण हात पारे।

५१ किलो तौल समूहमा बाँकेका शुभमजंग शाहलाई ५–० अंकको आधारमा हराउँदै भक्तपुरका विकल व्योधाले स्वर्ण हात पारे। ५४ किलोमा एचटुओका आशिष भेगालाई ५–० अंकको आधारमा हराउँदै बक्समान्डुका प्रबल उप्रेतीले स्वर्ण पदक जिते।

५७ किलो तौलमा दमकका ओयल राईलाई ५–० अंकको आधारमा हराउँदै छिरिङ वाङ्दी शेर्पाले स्वर्ण पदक जिते। ६० किलो तौलमा बक्समान्डुका आयुश थापाले स्वर्ण पदक जिते। उनले स्विट साइन्स बक्सिङ क्लबका सुगल रोका मगरलाई आरएससीको आधारमा हराए।

त्यस्तै पुरुषकै ६३.५ किलो समूहमा एक्स बक्सिङका यस गुरुङले स्वर्ण जिते। ६७ किलोमा फाइट प्रोका रोनिश राईले स्वर्ण पदक हात पारे। प्रतियोगिताको विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, महासंघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी लगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: २ आश्विन २०८० ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App