४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ। म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो।  

राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जन विष्टलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध रहेको छ। म्यानमारविरुद्ध कम्तिमा एक गोल गरेको खण्डमा अन्जनलाई नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने अवसर प्राप्त हुनेछ।  

नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो। फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ।  

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन्। पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो।

प्रकाशित: २५ भाद्र २०८० ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App