१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एमबाप्पे विश्वकै दोस्रो महँगा खेलाडी

पेरिस – पेरिस सेन्ट जर्मन(पिएसजी)ले मोनाकोका युवा खेलाडी काइलियन एमबाप्पेलाई विश्वकै दोस्रो महंगो रकममा भित्रयाउँदा केही बहुचर्चित सरुवा नभइकन कीर्तिमानी रकम खर्च गरेको इङ्लिस प्रिमियर लिगको सरुवा बजार बिहीबार बन्द भएको छ ।
प्रिमियर लिगका क्लबहरुले कीर्तिमानी १ अर्ब ४०  करोड पाउन्ड खर्च गरेका छन् । युरोपकै महंगो लिगमा आफूलाई दर्ता गरेको प्रिमियर लिगमा सरुवा बजारको अन्तिम दिनमात्र २१ करोड पाउन्ड खर्च भएको थियो ।
तर सबैको चासोभित्र रहेका मोनाकोका १८ वर्षे एमबाप्पे एक सिजनका लागि लोनमा पिएसजीसँग अनुुबन्ध भए । पिएसजीले विश्व फुटबललाई तरंगित गर्ने गरि २२ करोड २० लाख यूरोमा बार्सिलोनाबाट ब्राजिली स्टार नेइमार भित्रयाएको एक महिना बित्न नपाउँदै एमबाप्पेसँग सम्झैता गरेको हो । एमबाप्पे अर्को वर्ष क्लबसँग १८ करोड यूरोमा स्थायी सरुवा हुने अनुमान गरिएको छ । वित्तिय अनुशासन उल्लङ्घनबाट बच्न पिएसजीले यस सिजन लोनमा सम्झैता गरेको अनुमान छ ।
नेइमारले क्लब छाडेपछि बार्सिलोनाले उनको स्थानमा फ्रान्सका ओसामाने डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट १० करोड ५० लाख यूरोमा अनुबन्धित गरेको छ । बार्सिलोनाले लिभरपुलका फिलिप कौटिन्होलाई भित्रयाउन खेजे पनि इङ्लिस क्लबले क्याटलान क्लबको प्रस्ताव अस्विकार गरिदिएको थियो । तथापी इङ्ल्यान्ड, फ्रान्स, जर्मनी र इटालीमा सरुवा बजार बन्द भए पनि स्पेनमा शुक्रबार मध्यरातपछि मात्र सरुवा बजार बन्द हुने हुनाले बार्सिलोनाले पुनः एक पटक लिभरपुलसामु अर्को प्रस्ताव लौजान सक्छ ।

प्रिमियर लिगको क्बल लिभरपुल र आर्सनल दुवै मोनाकोका विंगर थोमस लेमारलाई भित्राउन असफल भए । बिहीबार राती विश्वकप छनोटमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० ले हराउँदा लेमारले २ गोल गरेका थिए । एलेक्स अक्सलेड चेम्बरलिनलाई राख्न नसके पनि आर्सनलले सान्चेजलाई क्लबमै राख्न सफल भएको छ । ३ करोड ५० लाख पाउन्डमा लिभरपुलसँग अनुबन्धित भएका चेम्बरलिनले पाँच वर्षका लागि सम्झैता गरेका छन् । लिभरपुलले केही दिनअघि आरबी लिपजिगबाट क्लबको कीर्तिमानी रकम ४ करोड ८० लाख पाउन्डमा नाबी केइटालाई अनुबन्ध गरेको थियो ।
लिभरपुलका सेन्टर ब्याक मामाडोउ साखो क्रिष्टल प्यालेस फर्किएका छन् भने बेल्जियमका फरवार्ड डिभोक ओरिगी लोनमा जर्मन क्लब उल्फसबर्ग गएका छन् ।
चेल्सीले लेस्टर सिटीका ड्यानी ड्रिङकवाटरलाई ३ करोड ५० लाख पाउन्डमा अनुबन्धित ग¥यो । तर साबिक विजेता चेल्सीले एभर्टनका रस बार्कलीलाई स्टामफोर्ड ब्रिजमा ल्याउन सकेन । तथापी चेल्सीले इटालीका रक्षक डेभिड जाप्पाकोस्टालाई भित्राउन सफल भयो ।
स्पेनिस क्लबको नजरमा परेका रियाद माहरेजको सरुवा पूरा गर्न लेस्टर सिटी असफल भयो ।
टोटेनह्यामले पिएसजीका रक्षक सेर्गी औरिएर र स्वान्सी सिटीका फरवार्ड फर्नान्डो लोरेन्टेलाई अनुबन्ध गरेको छ । लोरेन्टेको स्थान पूर्ति गर्न विलफ्रिड बोनी म्यानचेस्टर सिटीबाट स्वान्सा फर्किएका छन् । स्वान्सीले पोर्चुगलका २० वर्षे मिडफिल्डर रेनाटो सान्चेजलाई बायर्न म्युनिखबाट लोनमा एक सिजनका लागि अनुबन्धित गरेको छ ।

प्रकाशित: १७ भाद्र २०७४ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App