एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले २३० रन बनाएको छ।
टस हारेर पहिला व्याटिङ गरेकाे नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो ।
नेपालका लागि सबै भन्दा वढि आसिफ शेखले ९७ बलमा ८ चौकासंगै ५८ रन बनाए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । कुसल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाए । नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछाने ९ रन बनाएर रन आउट भए ।
प्रकाशित: १८ भाद्र २०८० १४:१२ सोमबार