५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप : पाकिस्तानविरुद्ध भारतका ईशान किशन सतक बनाउन चुके

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतका ईशान किशन सतक बनाउन चुकेका छन्। उनलाई निजी ८२ रनमा हरिस रौफले आउट गरेका छन।ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रन बनाएका हुन ।

एक समय १४दशमलब १ ओभरमा ६६/४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले उष्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका हुन।हार्दिक पान्ड्या ६७ बलमा ६ चौका  र १  छक्कासहित ६८  रनमा क्रिजमा छन् ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ताजास्थीतीमा ३९ ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको छ।

पाकिस्तानका बलर  हरिस रौफले तीन र  शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका छन ।  

पाकिस्तानको प्लेइङ  ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान)मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको प्लेइङ ११  

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

प्रकाशित: १६ भाद्र २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App