५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप : पाकिस्तानले भारतको दुई विकेट लियो

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले दुई विकेट लिएको छ।

वर्षाले केहीबरे रोकिएको खेल पछि पाकिस्तानले पहिलो विकेट भारतका कप्तान रोहित शर्माको  लिएको हो । त्यसैगरी दोश्रो विकेट विराट कोहलीलाई आउट गरेर लिएको हो । दुबै जनालाई  पाकिस्तानका शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका हुन।

भारतले पहिलो विकेट पाँचौ ओभरमा गुमाउँदा जम्मा १५ रन मात्र बनाएको छ।  दोश्रो विकेट गुमाउँदा भारतले २७ रन बनाएको थियो । विराट कोहली ४ रन बनाएर आउट भए भने रोहित ११ रनमा आउट भए । अहिले शुभमन गिल र श्रेयस ऐर क्रिजमा छन । ताजास्थीतीमा भारत ८ओभरमा २ विकेटको क्षतीमा ४२ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: १६ भाद्र २०८० १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App