१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल राेकियाे

एसिया कप क्रिकेट अन्तर्गत  भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे  छ।  

श्रीलंकाको श्रीपालेकेले क्रिकेट मैदानमा जारी यो खेलमा ४ दशमलब २ ओभरको खेल पछि पानी परेकाले खेल राेकिएकाे हो। 

यस अघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै खेल रोकिदा सम्म कुनै विकेट नगुमाएर १५ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा १८ बलमा २ चौक्का सहित ११ रन बनाएर खेलिरहेका छन । त्यसैगरी शुभमन गिलले ८ बलमा कुनै रन बनाएका छैनन । ४ रन भारतले अतिरीक्त बापत पाएको हो । पाकिस्तानका शाहिन शाह अफ्रिदी र नसिम शाहले २र २ ओभर बलिङ गरेका छन । अफ्रिदीले ११ तथा नसिम शाहले ३ रन दिएका छन। 

पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ।भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ।  

पाकिस्तानको प्लेइङ ११ 

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान)मोहम्मद रिजवान ९विकेटकिपर०, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ।

भारतको प्लेइङ ११ 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

प्रकाशित: १६ भाद्र २०८० १०:११ शनिबार

एसिया कप क्रिकेट : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल राेकियाे