२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा सहभागी हुँदै

नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ।

यही भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन्।

प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्ता र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन। गुप्ता आजै रियाद प्रस्थान गरिसकेका छन। नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासङ्घको कांग्रेसमा सहभागी हुन रियाद जानेछन।

व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाँदै छन। सेप्टेम्बर ८ मा विशाल र विकास रियाद उड्नेछन। अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।  

प्रकाशित: १५ भाद्र २०८० १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App