६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

युनाइटेडको सुखद सुरुआत

म्यानचेस्टर युनाइटेडका एन्टोनी (दायाँ) र उल्भरह्याम्पटनका रायन एट नुरी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर ः एपी

राफाइल भारेनको गोल प्रेरणाबाट म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्पटनलाई १–० ले हराउँदै इङ्लिस प्रिमियर लिगको यस सिजनमा सुखद सुरुआत गरेको छ।  

यस सिजन सुरु हुनुभन्दा एक हप्ताभन्दा कम समय बाँकी रहेको अवस्थामा वुल्भ्सका प्रशिक्षक युलेन लोपेटेगुईले क्लब छाडेका थिए। तर, क्लबका नयाँ प्रशिक्षक भित्रिएको केही समयमा उल्भरह्याम्पटन युनाइटेडको मैदान ओल्ड ट्राफोर्ड घरेलु टोलीविरुद्ध दबाब बनाउन सफल भयो। वुल्भ्सले अवसर पाए पनि सदुपयोग गर्न सकेन। युनाइटेडका नयाँ गोलकिपर आन्द्रे ओनानाले पनि पाहुना टोलीको आक्रमण सफल हुन दिएनन्। खेल सकिन १४ मिनेट बाँकी छँदा भारेनको गोल नै निर्णायक बन्न पुग्यो। ओनानाले बल नियन्त्रणमा लिने क्रममा सासा कलाडजिचलाई पन्च गर्ने गरे पनि निर्णय वुल्भ्सको पक्षमा आएन।  

‘युनाइटेडका गोलकिपर हाम्रो फरवार्ड टाउकोमा पुगेका थिए,’ वुल्भ्सका प्रशिक्षक ग्यारी ओ निलले भने, ‘मलाई लाग्छ त्यो फाउल थियो। जब बल नियन्त्रण लिन जाँदा खेलाडीमाथि त्यसरी लाग्छ भने त्यो पेनाल्टी हो।’ ओ निलले प्रिमियर लिगका रेफ्री प्रमुख जोन मोसले खेलपछि आफूलाई सम्पर्क गरेको र उक्त निर्णयप्रति माफी पनि मागेको बताएका थिए। यद्यपि, खेलमा युनाइटेडले म्यानचेस्टर प्रतिद्वन्द्वी सिटीसँगै सुखद सुरुआत गरेको छ। १२ महिनाअगाडि दुई हारबाट सुरुआत गरेका युनाइटेडका प्रशिक्षक इरिक टेन हागले यस पटक भने जित निकाल्न सफल भएका छन्।

यद्यपि, दशकपछि पहिलो प्रिमियर लिग उपाधि जित्ने लक्ष्य बोकेको युनाइटेडको प्रदर्शनमा भने प्रश्न उठाउने धेरै स्थान देखिएका थिए। ‘प्रिमियर लिगका कुनै पनि खेल सहज हुँदैनन्। त्यसमाथि पनि वुल्भ्सविरुद्ध भने सहजै हुनै कुरै छैन,’ टेन हागले भने, ‘हरेक खेलमा उत्तिकै संघर्ष गर्नुपर्छ। आगामी खेलमा बल आफ्नो नियन्त्रणमा राख्ने आशा लिएको छु।’ यस खेलमा ओनानासँगै मिडफिल्डर मेसन माउन्टले पनि युनाइटेडबाट डेब्यु गरे। तर, यसै सिजन अनुबन्धित स्ट्राइकर रासमस होइलन्डले भने डाढमा समस्याका कारण खेल्न पाएनन्। उनी ८१ मिलियन डलरमा ओल्ड ट्राफोर्ड क्लब भित्रिएका हुन्।

ट्रान्सफर बजारमा आवश्यक रकमको अभाव भएपछि लोपेटेगुईले खेल सुरु हुन ६ दिन बाँकी छँदा पदबाट राजीनामा दिएका थिए। उनको स्थानमा ओ निलले जिम्मेवारी पाएका हुन्। क्लबमा संकट परे पनि वुल्भ्सको खेलमा भने असर परेन। तर, अग्रपंक्तिमा भने सफल हुन सकेन।  

प्रकाशित: ३१ श्रावण २०८० ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App