१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

लन्डन– म्यानचेस्टर युनाइटेडका रक्षक इरिक बेलीले अर्को महिना रियाल मड्रिडविरुद्ध हुने युरोपियन सुपर कपको खेल प्रतिबन्धका कारण गुमाउने भएका छन्।

आइभोरी कोस्टका रक्षक बेलीमाथि युरोपेली स्तरका तीन खेल खेल्न नपाउने गरी युइएफएले प्रतिबन्ध लगाएको छ । ओल्ड ट्राफोर्डमा सेल्टा भिगोसँग १–१ को बराबरी नतिजा निस्किएको युरोपा लिग सेमिफाइनल दोस्रो लेगको अन्तिम समयमा बेलीले हिंसात्मक व्यवहारका कारण रातो कार्ड सामना गरेका थिए । त्यही घटनामाथि अध्ययनपश्चात् युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार बेलीलाई तीन खेलको प्रतिबन्ध लगाएको थियो ।

सेमिफाइनल दोस्रो लेगमा रातो कार्ड सामना गरेका कारण अयाक्समाथि २–० को जित हासिल गरेको फाइनलमा उनी स्वतः प्रतिबन्धमा थिए । युइएफएले तीन खेलको प्रतिबन्ध लगाएपछि उनी अब दुई युरोपेली स्तरका खेलमा अनुपस्थित हुने भएका हुन् । अगस्ट ८ मा च्याम्पियन्स लिग विजेता रियालविरुद्ध मेसेडोनियामा हुने युरोपियन सुपर कप तथा आगामी सिजनको च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेल बेलीले गुमाउनेछन् । च्याम्पियन्स लिग समूह चरणको ‘ड्र’ अगस्ट २४ मा हुनेछ ।

भिलारिएलबाट २०१६ मा ३ करोड पाउन्डमा सरुवा भएर ओल्ड ट्राफोर्ड आएका २३ वर्षे रक्षकको पहिलो सिजन युनाइटेडमा उत्साहजनक थियो ।

प्रकाशित: ११ श्रावण २०७४ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App