१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भारतविरुद्ध हेराथले श्रीलंकाको नेतृत्व लिने

कोलम्बो- दीनेस चन्डिमल अस्वस्थताका कारण अस्पतालमा भर्ना भएपछि रंगना हेराथले भारतविरुद्धको पहिलो टेस्टमा श्रीलंकाली टोलीको नेतृत्व गर्ने भएका छन्।

शुक्रबार श्रीलंकाली टोलीका प्रमूख छनोटकर्ता सनथ जयसूर्याले चन्डिमल अस्वस्थताका कारण अस्पतालमा भर्ना भएको बताए। 'दिनेस अत्याधिक ज्वरोका कारण केही दिनदेखि पीडित थिए। आज उनलाई थप अप्ठ्यारो भएकोले अस्पतालमा भर्ना गरिएको छ,' जयसूर्याले भने, 'बुधबार भारतविरुद्ध हुने टेस्टमा उनी खेल्न सक्षम हुने छैनन्।'

दोस्रो टेस्टअघि उनको स्वास्थ्य अवस्थावारे परिक्षण गरिने जयसूर्याले बताएका छन्। दीनेसको स्वास्थ्यमाथि थप परिक्षण भइरहेकाले दोस्रो टेस्टमा उनी खेल्न सक्ने वा नसक्ने वारे केही दिनपछि निर्णय लिइने जयसूर्याले बताए।

जिम्बाब्वेविरुद्धको एकदिवसीय श्रंखला ३-२ ले गुमाएपछि कप्तान एन्जेलो म्याथ्युजले राजीनामा दिएका थिए। म्याथुजले राजीनामा दिएपछि गत साता चन्डिमलले कप्तानको जिम्मेवारी पाएका थिए। भारत र श्रीलंकाले तीन टेस्ट, पाँच एकदिवसीय र एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। भारत र श्रीलंकाले आठ वर्षपछि तिनै स्वरुपको खेलमा एक–अर्काको सामना गर्न लागेका हुन्।

प्रकाशित: ७ श्रावण २०७४ ०३:५४ शनिबार

भारतविरुद्ध हेराथले श्रीलंकाको नेतृत्व लिने