५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सडन डेथमा चार पटकको च्याम्पियन स्तब्ध

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको अमेरिकालाई पराजित गरेपछि स्विडेनका खेलाडी।

विश्वविजेता अमेरिकालाई आइतबार सडन डेथमा स्तब्ध बनाउँदै स्विडेनले जारी महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

चार पटकको विश्वविजेतासमेत रहेको अमेरिकालाई मेलबर्नमा सडनडेथमार्फत ५–४ ले हराउँदै स्विडेनले अन्तिम आठमा स्थान बनाएको हो। अब स्विडेनलाई क्वार्टरफाइनलमा जापानविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

जापानले भने शनिबार नर्वेलाई हराउँदै अन्तिम आठमा बनाएको हो। डिफेन्डिङ च्याम्पियन अमेरिकाले निर्धारित ९० मिनेटमा दबदबा बनाएको थियो। तर, स्विडेनकी गोलकिपर जेचिरा मुसोभिचले उत्कष्ट बचाउ गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलिन्। अतिरिक्त समयमा पनि कुनै गोल भएन र खेल टाइब्रेकरतर्फ गयो। टाइब्रेकरमा अमेरिका र स्विडेनको पहिलो दुई प्रहार सफल भयो।

चार पटकको विश्वविजेतासमेत रहेको अमेरिकालाई मेलबर्नमा सडनडेथमार्फत ५–४ ले हराउँदै स्विडेनले अन्तिम आठमा स्थान बनाएको हो। अब स्विडेनलाई क्वार्टरफाइनलमा जापानविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

स्विडेनका फ्रिडोलिना रोल्फो र रुबेनसनले गोल गरे। यता, अमेरिकाका लागि पनि पहिलो दुई प्रहारमा एन्डी सुलिभान र होरानले गोल गरे। तर, स्विडेनको तेस्रो पेनाल्टीमा भने नाथलिया बजोर्नको प्रहार अकासियो।

अमेरिकाको भने तेस्रो प्रहार सफल रह्यो। उसका लागि मेविसले गोल गरिन्। त्यसपछि स्विडेनका लागि पाँचौं पेनाल्टी हान्न आएकी ब्लोमकिभिस्टको प्रहार भने अमेरिकी गोलकिपर इलिसा नाहेरले बचाउँदै आफ्नो टोलीलाई ३–२ को अग्रता दिलाइन्। यद्यपि, अमेरिकाले पनि चौथो र पाँचौं पेनाल्टीमा सफलता पाउन सकेन र स्विडेनलाई खेलमा फर्किने अवसर मिल्यो।

यता, स्विडेनकी हाना बेनिसनले पाँचौं पेनाल्टी सफल बनाउँदै आफ्नो टोलीको आशा जीवन्त राखिन्। त्यससँगै टाइब्रेकर पनि ३–३ को बराबरीमा पुग्यो। सडन डेथमा स्विडेनका लागि लिली इरिक्सनले गोल गर्दा अमेरिकी गोलकिपर नाहिर पनि सफल भइन्।

दोस्रो पटक स्विडेनकी लिना हटिगको प्रहार अमेरिकी गोलकिपर नाहिरले दोस्रो प्रयासमा बचाए पनि भारले बल गोललाइन पार गरेको भन्दै गोलको मान्यता पायो। यता, अमेरिकाकी केली ओ हाराको प्रहार भने पोस्टमा लागेर फर्किएपछि स्विडेन सडन डेथमा विजयी भयो।

स्विडेनका फ्रिडोलिना रोल्फो र रुबेनसनले गोल गरे। यता, अमेरिकाका लागि पनि पहिलो दुई प्रहारमा एन्डी सुलिभान र होरानले गोल गरे। तर, स्विडेनको तेस्रो पेनाल्टीमा भने नाथलिया बजोर्नको प्रहार अकासियो।

यससँगै लगातार तेस्रो पटक विश्वकप उचाल्ने अमेरिकाको लक्ष्यमा पूरा हुन सकेन। साथै अमेरिकाकी लिजेन्ड मेगान रेपिनोईको करियरको अन्त्य पनि सुखद भएन। सन् २०१९ मा विश्वकपसँगै गोल्डेन बुट पनि जितेकी उनको टाइब्रेकरमा प्रहार पनि असफल रह्यो।

‘मेरा लागि आज मजाक नै रह्यो। किनकि मैले नै पेनाल्टी प्रहार सफल बनाउन सकिनँ,’ रेपिनोईले भनिन्, ‘मैले धेरै गल्ती गरें। तर, समग्रमा भने हामीले राम्रै खेल्यौं। मेरा टिमप्रति मलाई गर्व छ। तर, आज हाम्रो दिन पनि रहेन।’

हरेक विश्वकपमा कम्तीमा सेमिफाइनलमा स्थान बनाउन अमेरिका अन्तिम १६ बाटै बाहिरिएपछि खेल थप रोमाञ्चक बनेको छ। यद्यपि, अमेरिकाको समूहचरण पनि सुखद बनेको थिएन। समूहमा अमेरिकाले भियतानामविरुद्ध मात्र जित निकालेको थियो। जर्मनीपश्चात् अमेरिका पनि बाहिरिएपछि जारी विश्वकपमा अब फिफा वरीयताको शीर्ष दुईबिना नै प्रतिस्पर्धा हुने भएको छ। 

प्रकाशित: २२ श्रावण २०८० ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App