४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

दाबेदारका रूपमा उभियो जापान

जारी महिला विश्वकपको उपाधि दाबेदारीमा आश्चर्यजनक रूपमा जापानले आफूलाई उभ्याउँदा शनिबार नर्वेलाई ३–१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

सन् २०११ को विश्व च्याम्पियन जापानले अब क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन अमेरिका या स्विडेनको सामना गर्दै छ र यो खेलले नै एसियन राष्ट्रले आफूलाई थप दाबेदारका रूपमा प्रस्तुत गर्न सक्छ। शनिबार नै भएको अर्को खेलमा पनि स्पेनले स्विट्जरल्यान्डमाथि ६–१ को जितसहित क्वार्टरफाइनलको यात्रा तय गर्यो। समूहको अन्तिम खेलमा जापानसँग ४–० ले स्तब्ध भएको स्पेनले नकआउट चरणमा भने उत्कृष्ट खेल प्रस्तुत गर्यो। यता, जापानले भने जारी विश्वकपमा सबै खेल जित्दा १४ गोल गरेको छ। यस क्रममा जापानले एक गोल मात्र बेहोरेको छ।

हिनाता मियाजावा जारी विश्वकपमा एक स्टारका रूपमा उदाउँदै छिन्, जसले शनिबार पनि गोल गरिन्। यससँगै जारी  विश्वकपमा पाँच गोल गरेकी मियाजावा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्।

हिनाता मियाजावा जारी विश्वकपमा एक स्टारका रूपमा उदाउँदै छिन्, जसले शनिबार पनि गोल गरिन्। २३ वर्षीया मियाजावाले खेल सकिन ९ मिनेट बाँकी छँदा गोल गर्दै वेलिङ्टनमा ३३ हजार दर्शकमाझ नर्वेमाथि सहज जित निकाल्न योगदान दिइन्। यससँगै जारी विश्वकपमा पाँच गोल गरेकी मियाजावा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्। जापानले खेलमा अग्रता बनाए पनि २०औं मिनेटमा नै नर्वे खेलमा फर्कियो। तर, दोस्रो हाफमा रिसा सिमिजु र मियाजावाले गोल गर्दै नर्वेलाई स्तब्ध बनाए।  

अन्तिम समयमा नर्वेले खेलमा फर्किन धेरै प्रयास गरे पनि जापानिज गोलकिपर आयाका यामासिताले निस्तेज पारिन्। जापानका प्रशिक्षक पुतोसी इकेदाले आफ्नो टोलीले जारी विश्वकपमा सुधार गर्दै गइरहेको बताए। ‘टिम धेरै सकारात्मक भइरहेको छ। उनीहरूले आफ्नो पेसलाई पनि जारी राखेका छन्। मलाई विश्वास छ, हामी पछिल्ला खेलभन्दा थप कडा प्रतिस्पर्धी बन्दै जानेछौं,’ उनले भने।

प्रकाशित: २१ श्रावण २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App