१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।

बिहीबार सम्पन्न एक सय मिटर फ्रिस्टायल डुवानाले एक मिनट १.९३ सेकेन्ड समयका साथ पूरा गर्दै आफ्नो व्यक्तिगत समय सुधार गरेकी हुन्। यस विधामा उनको व्यक्तिगत समय एक मिनेट २.०४ सेकेन्डको समय थियो। ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १२ श्रावण २०८० ०२:०० शुक्रबार

नेपालकी डुवाना लामा जापानको फुकुओकामा जारी २०औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप