१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ब्राजिलमाथि अर्जेन्टिनाको रवाफ

मेलबर्न- नयाँ प्रशिक्षक जर्ज साम्पोलीको नेतृत्वमा अर्जेन्टिनाले शुक्रबार चिर प्रतिद्वन्द्वी ब्राजिलमाथि १–० को मैत्रीपूर्ण विजय हासिल गर्दै विश्वकप छनोट खेलका लागि मनोबल उच्च पारेको छ। सेभियाका रक्षक ग्रयाब्रिअल मर्काडोले पहिलो हाफको अन्तिममा गरेको गोल अर्जेन्टिनाको जितमा प्रर्याप्त भयो। उनले निकोलस ओटामेन्डीको हेड पासलाई पोस्टको दिशा दिएका थिए।

दक्षिण अमेरिकी छनोट चरणमा दुई पटकको विश्वकप विजेता अर्जेन्टिना संघर्ष गरिरहेको छ। शीर्ष ४ टोली स्वतः विश्वकपमा छनोट हुने भए पनि समूह चरणका अन्तिम ४ खेल बाँकी रहँदा अर्जेन्टिना पाँचौं स्थानमा छ। यता विश्व नम्बर एक ब्राजिल यसअघि नै अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट भैसकेको छ।

विश्वकप छनोट चरण अन्तर्गत अगस्ट ३१ मा उरुग्वेसँगको महत्वपूर्ण खेलअघि अर्जेन्टिनाले अर्को साता सिंगापुरमा मैत्रीपूर्ण खेल खेल्दैछ।

दोस्रो हाफमा ग्याब्रियल जिसस र विलियनले ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन्।

प्रकाशित: २७ जेष्ठ २०७४ ०३:१३ शनिबार

ब्राजिलमाथि अर्जेन्टिनाको रवाफ