९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

टेबल टेनिस खेलाडीको बिदाइ

चीनमा आयोजना हुने १९ औें एसियाली खेलकुदको तयारी स्वरूप नेपालको टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा नेपालको २९ खेलमध्ये टेबल टेनिसको टोलीले पनि चुनौती प्रस्तुत गर्दैछन्। सोही एसियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो। महिला र पुरुषतर्फ नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९ औं एसियाडका लागि तयारी गर्दैछन्। महिलातर्फ नविना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन्।

यी खेलाडी एसियाडमा सात विधामा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन्। भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले आज लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए। नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या शाक्य तथा टिम म्यानेजर धर्ममान बज्राचार्य छन्।

सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एसियन यूथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोली टोलीको बिदाइ गरिएको थियो। उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्ने राष्ट्रिय टोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन्। पुरुषमा पूजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभ श्री श्रेष्ठ र सुस्मिता खड्का छन्। मोहनदास वासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोही कार्यक्रमको अवसरमा बिदाइ गरिएको थियो।

आज नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली यूथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रुपैयाँले सम्मान गरिएको थियो। भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु–१९ ब्वाइज टिममा एक स्वर्ण,  एक यु–१५ गल्र्स डबल्समा रजत र अन्य विधामा ६ कांस्य पदक जितेका थिए। उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए।

प्रकाशित: २९ असार २०८० १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App