१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

हेल्प नेपाल र पुलिसले दिए जितलाई निरन्तरता

दावाँली मिलन क्लबविरुद्ध स्पाइक गर्दै नेपाल पुलिसका खेलाडी। तस्बिर: नागरिक

उपाधि दाबेदारको रूपमा हेरिएको टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकालेका छन्।

नेपाल भलिबल संघको आयोजनामा जारी लिगको चौथो दिन मंगलबार पनि हेल्प नेपाल र पुलिस क्लबले जितलाई निरन्तरता दिएका हुन्। नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबमाथि र हेल्प नेपालले गण्डकी प्रदेशमाथि समान ३–० को जित निकाले। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुलिसले दावाँलीलाई २५–२१, २५–१९, २५–१७ ले सहजै हरायो। यो जितसँगै पुलिसले तीन खेलबाट आठ अंक जोड्यो।

उपाधि दाबेदारको रूपमा हेरिएको टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकालेका छन्।

पुलिसले आफूले खेलेका तीनवटै खेल जिते पनि गण्डकीसँग अंक बाँडेको थियो। टिपटप हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७, २८–२६ को नतिजा निकाल्दै लगातार तेस्रो खेलमा सोझो सेटमा सफलता आत्मसात् गर्‍यो। हेल्प नेपालको ९ अंक भएको छ।

यससँगै तीन भारतीय खेलाडी सम्मिलित गण्डकीको लगातार चौथो हारसँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

चार खेलबाट गण्डकीले एक अंक मात्र जोडेपछि फाइनल सम्भावना समाप्त भएको हो। महिलातर्फ विभागीय टोली एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा हरायो।

यो जितसँगै एपिएफको तीन खेलबाट ८ अंक भएको छ। एपिएफले आर्मीसँग भने अंक बाँडेको थियो। अर्को खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ।

प्रतिभा मालीको टोली न्यु डायमन्डले पहिलो र दोस्रो सेट क्रमशः २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै सहज जित निकाल्ने संकेत गरेको थियो। तर, तेस्रो सेटमा न्यु डायमन्डले आफ्ना प्रमुख खेलाडी प्रतिभालाई विश्राम दिएपछि आर्मी हाबी भयो। त्यसपछि आत्मविश्वास फर्काएको आर्मीले तेस्रो र चौथो सेट क्रमशः १९–२५, २२–२५ ले आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी गर्‍यो। तर, पाँचौं तथा अन्तिम सेट भने न्यु डायमन्डले १५–९ ले आफ्नो पक्षमा पार्दै दुई अंक जोड्यो। हारका बावजुद आर्मीले एक अंक प्राप्त गर्‍यो।

यो जितसँगै एपिएफको तीन खेलबाट ८ अंक भएको छ। एपिएफले आर्मीसँग भने अंक बाँडेको थियो। अर्को खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ।

राउन्ड रोबिनको आधारमा जारी लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोली फाइनल पुग्नेछ। त्यस्तै सबैभन्दा कान्छो विभागीय टोली एपिएफले पुरुषतर्फ रामेछापको सैलुङ बागढुङ्गामाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बनाएको छ। एपिएफले सैलुङलाई २६–२४, २५–१५ र २८–२६ ले हरायो। यससँगै एपिएफले पनि लगातार तेस्रो खेलमा सोझो सेटमा जित निकाल्दै ९ अंक जोडेको छ।

प्रकाशित: २७ असार २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App