१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ। रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन्।

दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन तथा महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण जितेका थिए। कोरिाया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित भए। सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासंघका सदस्य शशिकुमार तितुङले एक कार्यक्रमबीच सम्मान गरे। मेयर महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा मानसिंह डोजोका खेलाडीले पदक जितेर नगरको मात्र नभइ सिंगो देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै मानसिंह डोजोले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरे।

सोही कार्यक्रममा मलेसियाको मेलाकामा जुलाइ २१–२३ तारिखसम्म हुने एकेएफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मिनबहादुर तामाङ र एलिना विकलाई पनि बिदाइ गरिएको थियो।

प्रकाशित: २३ असार २०८० १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App