२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीपविरुद्धकाे मुद्दामा पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो।

पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन्। अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो।

लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो। 

प्रकाशित: ११ असार २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App