४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखराको खेलकुद इतिहासमा २८ अन्तर्राष्ट्रिय पदक

पोखराको खेलकुद इतिहास सात दशकको छ। सात दशकअघि फुटबलको जग बसेको थियो। त्यसपछि मात्रै अन्य खेलले प्रवेश पाएका थिए। राणाकालीन समयमा फुटबलको सुरुआत भएको थियो।

सेती नदीलाई साँध मानेर सेती वारि र सेती पारिबीचको प्रतिस्पर्धासँगै फुटबलको सुरुआत भएको इतिहास छ। २००९ साल ताका नै फुटबल सुरु भएको हो। देहरादूनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्र्याएको इतिहास भेटिन्छ। त्यसपछि नै फुटबलमा बिस्तारै व्यावसायिकता सुरु भएको थियो।

फुटबलपछि अन्य खेलको थालनी भएको थियो। खास गरी पोखरामा पृथ्वीनारायण क्याम्पसको स्थापनासँगै अन्य खेलको सुरुआात भएको थियो। २०१७ मा क्याम्पसको स्थापनापछि खेलकुदका पूर्वाधार तयार गरिएको थियो। क्याम्पस परिसरमै हक्कीको मैदान बन्यो। जुन अहिले पार्किङस्थलको रूपमा परिणत भएको छ। क्याम्पसमै अन्नपूर्ण रंगशाला बन्यो। फुटबल मैदानसँगै टेनिस कोर्ट निर्माण भयो। तत्कालीन समयमा पोखराको पुरानो टुँडिखेलको चौरमा क्रिकेट र हक्की खेलिएको इतिहास छ।

पोखराको खेलकुद इतिहास सात दशकको छ। सात दशकअघि फुटबलको जग बसेको थियो। त्यसपछि मात्रै अन्य खेलले प्रवेश पाएका थिए। राणाकालीन समयमा फुटबलको सुरुआत भएको थियो।

कवि भूपी शेरचनसहित क्रिकेट खेल्थे। क्रिकेटको जग भने त्यति बेलादेखि नै बसेको थियो। तत्कालीन समयमा क्याम्पसका संस्थापक जर्ज जोन, डा. वीरेन्द्रसिंह गुरुङ, महेन्द्र थापा, स्व. रञ्जित गुरुङलगायतले क्रिकेटको शुभारम्भ गरेका हुन्।

टेनिस खेलको थालनी भने क्याम्पसभित्र हार्डकोर्ट निर्माण गरेपछि भएको हो। २०२८/२९ सालदेखि नै क्याम्पसभित्र हक्की, क्रिकेट र टेनिसको सुरुआत भएको थियो। भलिबल खेलको ठ्याक्कै यकिन छैन।

तर पोखरामा आधुनिक खेलकुदको जग भने दोस्रो राष्ट्रिय खेलकुदपछि नै हो। २०३८ सालमा नेपालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। जुन खेलकुद प्रतियोगिताले खेलजगत्लाई एकत्रित बनाउने काम गर्‍यो। त्यसपछि पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो।

कवि भूपी शेरचनसहित क्रिकेट खेल्थे। क्रिकेटको जग भने त्यति बेलादेखि नै बसेको थियो। तत्कालीन समयमा क्याम्पसका संस्थापक जर्ज जोन, डा. वीरेन्द्रसिंह गुरुङ, महेन्द्र थापा, स्व. रञ्जित गुरुङलगायतले क्रिकेटको शुभारम्भ गरेका हुन्।

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनासँगै खेलकुदका पूर्वाधार निर्माणको काम अगाडि बढेको हो। अहिले एक वर्षअघि मात्रै पोखरामै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंगिएको थियो। असोज २८ देखि कात्तिक ३ (२०७९ साल) सम्म आयोजना गरिएको थियो।

सात दशकको इतिहास बोकेको पोखराको खेलकुदले पहिलो पदक भने २०४१ सालमा पाएको थियो। २०४१ सालदेखि २०७६ सालसम्म आइपुग्दा पोखराले २८ वटा अन्तर्राष्ट्रिय पदक जितेको इतिहास छ।

पोखराको पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको सूचीमा कृष्ण थापा छन्। फुटबलका थापाले काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता (२०४१) मा स्वर्ण पदक जितेका थिए। २०४४ सालमा कोलकाता भारतमा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए।

२०४६ सालमा पोखराले बक्सिङमा दुई पदक जितेको छ। २०४६ सालमा चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानको इस्लामाबादमा आयोजना भएको थियो। जुन प्रतियोगितामा पोखराका गणेशबहादुर भट्टराई र सुरेश मल्लले रजत पदक जितेका थिए। जिल्ला खेलकुद विकास समिति कास्कीले उपलब्ध गराएको तथ्यांक अनुसार २०५० सालमा एथलेटिक्समा बंगलादेशको ढाकामा आयोजित छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गोपबहादुर अधिकारीले कांस्य पदक जितेका हुन्।

सात दशकको इतिहास बोकेको पोखराको खेलकुदले पहिलो पदक भने २०४१ सालमा पाएको थियो। २०४१ सालदेखि २०७६ सालसम्म आइपुग्दा पोखराले २८ वटा अन्तर्राष्ट्रिय पदक जितेको इतिहास छ।

तेक्वान्दोकी सपना मल्लले तेह्राैं एसियाली खेलकुद प्रतियोगिता २०५५ थाइल्यान्डको बैैंकका कांस्य पदक जितेर इतिहास लेखाउन सफल भइन्। त्यसैगरी वसन्त गौचन (रजत पदक–फुटबल, २०५६ आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता काठमाडौ), आनन्द कुँवर(रजत पदक–पौडी, २०५६ आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता काठमाडौं), मन्जु गुरुङ, एकिना गुरुङ, लक्ष्मी गुरुङ (कांस्य पदक-भलिबल, २०६३ दसौं दक्षिण एसियाली खेलकुद श्रीलंका), विसन गौचन, विजय गुरुङ, अनिल गुरुङ (कास्की पदक–फुटबल, २०६३ दशौं दक्षिण एसियाली खेलकुद श्रीलंका), असीम शरेचन (कांस्य पदक–आर्चरी, २०६७ एघारौं दक्षिण एसियाली खेलकुद ढाका) पुनम गुरुङ (कांस्य पदक–ब्याडमिन्टन, २०६७ एघारौं दक्षिण एसियाली खेलकुद ढाका), झरना गुरुङ (कांस्य पदक–उसु, २०६७ एघारौं दक्षिण एसियाली खेलकुद ढाका), दीपेश खत्री (स्वर्ण पदक–क्रिकेट, २०६१ यु–१९ एसिसी कप खेलकुद प्रतियोगिता) रहेका छन्।

तेक्वान्दोकी सपना मल्लले तेह्राैं एसियाली खेलकुद प्रतियोगिता २०५५ थाइल्यान्डको बैैंकका कांस्य पदक जितेर इतिहास लेखाउन सफल भइन्।

त्यसै गरी प्रदीप खड्का, नवीन मगर (कांस्य पदक–टेनिस, १३औं दक्षिण एसियाली खेलकुद काठमाडौं), मोनिका थापा (रजत पदक–ह्यान्डबल), मोनिका राना (रजत पदक–आर्चरी), जमुना थापा (रजत पदक–साइक्लिङ) र योगेन्द्र शेचरन (कांस्य पदक–आर्चरी, २०७६ सालमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद काठमाडौं) हुन्।

‘पोखराबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश भएर पदक जित्ने खेलाडीहरूको नामावली संकलन गरेका छौं,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर नेपाली (डिबी)ले भने, ‘२८ जनाको नाम संकलन गरिसकेका छौं। अरू छुटपुट छन कि खोज्दै छौं।’

कास्कीले देशकै लागि ऐतिहासिक पदक भने प्याराग्लाईडिङले प्राप्त गर्‍यो। इन्डोनेसियामा आयोजित १८औं एसियन गेम्समा प्याराग्लाइडिङको क्रस कन्ट्री विधामा नेपालले रजत पदक जित्यो। जुन नेपाली खेलकुद इतिहासमा ऐतिहासिक पदक हो। ऐतिहासिक पदक जित्नेमा कास्कीका विमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, विजय गौचन र सुशील गुरुङ हुन्।

प्रकाशित: ९ असार २०८० ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App