१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

तस्बिर साैजन्यः आइसिसी

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समय अनुसार १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो। ओडिआई वरियतामा  वेस्टइन्डिज १० औँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ। वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो। नेपाल भने पहिलो पटक विश्वकप विश्वकप छनोटमा खेल्दै छ।  

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ।जिम्बाबेसँग हार र अमेरिकासँग जित हासिल गरेको नेपालको अगाडीको यात्रा आजको खेलले तय गर्ने छ।  

रोचक के छ भने नेपालका अहिलेका प्रशिक्षक मोन्टि देसाई वेस्ट इस्डिजका पूर्व  ब्याटिङ प्रशिक्षक पनि हुन्। यसले पहिलोपटक सामना गर्न लागेको वेस्टइस्डिजबारेमा बुझ्न नेपाललाई थप सहज भएको छ।  

प्रकाशित: ७ असार २०८० ०१:३८ बिहीबार

विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट