१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो पावर प्लेमा अमेरिका विरुद्धको खेलमा नेपालले ४८ रन बनायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले पहिलो पावर प्लेको समाप्तीमा १ विकेट गुमाएर ४८ रन बनाएको छ।  

अमेरिकाले दिएको २०८ रनको बिजयी लक्ष्य सहित क्रिजमा उत्रेको नेपाले १० ओभरमा १ विकटको क्षतिमा ४८ रन बनाएको हो।  

नेपालले पहिलो विकेट आसिफ शेखलाई  गुमाउन पुगेको हो।उनी पाँचौ ओभरमा आउट भएका हुन । उनी आउट हुँदा नेपालको खातामा २५ रन भएको थियो।  

आसिफ १६ बलमा २ चौक्का सहित १२ रन बनाएर आउट भएका हुन। अहिले कुसल भुर्तेल  र भिम सार्की क्रिजमा रहेका छ । कुसल ३८ तथा भिम १७ रन बनाएर खेलिरहेका छन।  

ताजास्थीतीमा नेपालले १५ ओभरमा १ विकेट  ७२ रन बनाएको छ। खेल जित्न  नेपालले  ३५ओभरमा अझै १३४ रन बनाउनु पर्ने छ।यस अघिअमेरिकाले पहिला व्याटिङ  ४९ ओभरमा सबै विकेट गुमाएर  २०७ रन बनाएपछि नेपालले खेल जित्न २०८ रन बनाउनु पर्ने भएको हो।  

प्रकाशित: ५ असार २०८० १२:१३ मंगलबार

पहिलो पावर प्लेमा अमेरिकाविरुद्धको खेलमा नेपालले ४८ रन बनायो