२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा  घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ।

जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा हुने यो खेलमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको हो। 

प्रतियोगिताको पहिलो खेलमा  नेपाल घरेलु टोलीलाई पराजित गर्ने सोचमा  रहेको छ। घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो। उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो।

नेपालको प्लेईङ:११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने  

प्रकाशित: ३ असार २०८० ०७:०६ आइतबार

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै