२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

डीपीएल लिग  : उपाधिका लागि विराटनगरलाई १६० रनको चुनौति

काठमाडौँ – धगगढीमा जारी  धनगढी प्रिमियर लिगको फाइनल खेलमा विराटनगर किंग्सलाई धनगढी टिम चौराहाले १६० रनको चुनौति दिएको छ । 

टस जितेर ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको हो । 

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलकाे सुरुवाती ब्याटिङमा उत्रेका राजु रिजाल सून्यमै आउट भए भने कप्तान पारस खड्काले २९,  अरिफ शेखले ५४,  पृथु बाँस्कोटाले १४, अमर रौतेलाले ३१, शौरभ खनालले १४   र अनिल मण्डलले २ रन बनाएका थिए । 

केही महिनाअघि मात्र एभरेस्ट प्रिमियर लिगको उपाधि जितेका विराटनगरका कप्तान शरद भेषावकरको टिम विराटनगर किङ्ग्सले केहीबेरमा जवाफी खेल खेल्दैछ । 

दुबै टिमले प्लेअपमा रुपन्देही च्यालेन्जर्सलाई  हराएर फाइनलकाे यात्रा तय गरेका हुन् । 

प्रकाशित: ९ वैशाख २०७४ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App